कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या

प्रतीक्षा काफ्ले

(गण्डकी) — स्याङ्जाको हरिनास गाउँपालिकामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको विभत्स हत्या भएको छ । मंगलबार बिहान करिब ५ बजे उनीहरुको हत्या भएको प्रहरी अनुमान छ । 

हरिनास–३ का ३० वर्षीय चित्रबहादुर खड्का र उनको छोरा वर्ष ४ को रिजनको कोठामा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी हत्या भएको स्याङ्जा जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए । उनका अनुसार घटनापछि पौने ६ बजे प्रहरीलाई जानकारी गराइएको थियो । हत्यापश्चात् दुई जना भाग्दै गरेको देखेको स्थानीयवासीले बताएका छन् ।


हत्या कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान गर्न एसपी लम्सालको नेतृत्वमा प्रहरी र तालिम प्राप्त कुकुरसहितको टोली हरिनासस्थित घटनास्थल पुगेको छ । घटनास्थलबाट सवुत प्रमाण संकलन गरी प्रारम्भिक अनुसन्धान गरिसकिएको र विस्तृत अनुसन्धान जारी रहेको एसपी लम्सालले कान्तिपुरलाई जानकारी दिए ।

प्रकाशित : भाद्र १७, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?