कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रदेशमा लगानी गर्न बेलायतमा बस्ने नेपाली इच्छुक : मुख्यमन्त्री गुरुङ

प्रतिक्षा काफ्ले

(गण्डकी) — दश दिने बेलायत भ्रमण सकेर स्वदेश फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । मंगलबार पोखरा विमानास्थलमा संचारकर्मीसंग कुरा गर्दै गुरुङले प्रदेशको पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बढी उत्साहित देखिएको बताए । 

प्रदेशमा लगानी गर्न बेलायतमा बस्ने नेपाली इच्छुक : मुख्यमन्त्री गुरुङ

एनआरएनए बेलायत र व्यवसाय गरेर बसेका नेपालीसंगको छलफलको क्रममा प्रदेशमा लगानीका लागि इच्छा देखाएको र लगानी मैत्री वातावरण बनाउने आफूले वचन दिएको उनले बताएका थिए । त्यस्तै अन्तर्राष्ट्रिय म्याराथन तथा फुटवल जस्ता खेलकुद क्षेत्रमा साहरा युके लगायतका सस्थाले व्यवस्थित लगानीको इच्छा देखाएको पनि मुख्यमन्त्री गुरुङले बताए । मुख्यमन्त्री गुरुङले भुपु गोर्खा सैनिकसंगसमेत सामुहिक भेट गरेका थिए ।


भेटमा उनीहरुले विदेशमा भोगिरहेको विभेदको विषयमा सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेको उनले बताए । मुख्यमन्त्रीको वेलायत भ्रमणको क्रममा पोखरा सहर र वेलायतको म्यानचेष्टर सिटीवीच भागिनी सम्वन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसंग छलफल भएको छ ।


बेलायतका नेपाली भाषी जनप्रतिनिधि नर्थ योर्कसायरका मेयर जनक शर्मा र लण्डनका डेपुटी मेयर लक्ष्यु गुरुङसंग भेटेर दुई पक्षीय हित र सहयोग सम्वन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले बताए । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यपकहरुको समुहसंग गुरुङले भेटेका थिए ।


भेटको क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था र विभिन्न अध्ययन अनुसन्धान नेपाललाई सघाउने प्राध्यापकहरुले बताएको मुख्यमन्त्री गुरुङले जानकरी गराए । समग्रमा आफ्नो बेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउन महत्वपूर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङको दाबी थियो ।


बेलायतमा आयोजना हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ भदौ ६ मा प्रस्थान गरेका थिए ।


प्रकाशित : भाद्र १७, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?