रजहरमा २० वर्षपछि वाणिज्य बैंक पुनःस्थापना

नारायण शर्मा

(नवलपरासी) — रजहरमा २० वर्षपछि राष्ट्रिय वाणिज्य बैंक पुन:स्थापना भएको छ । देवचुली नगरपालिका १६ को टांगिकोट बजारमा पुन:स्थापना गरिएको बैंकको नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले एक समारोहबीच शुक्रबार उद्घाटन गरे । उनले वाणिज्य बैंक पुन:स्थापनाले स्थानियवासी हर्षित भएको बताए । 

रजहरमा २० वर्षपछि वाणिज्य बैंक पुनःस्थापना

रजहरमा प्रहरी चौकी र कावासोतीमा इलाका प्रहरी कार्यालय रहेकोले सुरक्षित महसुस गर्दै बैंक कावासोती सारिएको ठीक २० वर्षपछि फेरि पुरानै स्थानमा ल्याइएको हो । द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै ०५६ सालमा तत्कालीन टांगिकोट बजारमा रहेको वाणिज्य बैंक शाखालाई कावासोती सारिएको थियो ।


रजहरमा निजी क्षेत्रका ६ वटा बैंक शाखा यसअघि नै खोलिसकेका छन् ।

प्रकाशित : भाद्र १३, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?