कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

‘विकासमा नेकपा र कांग्रेस मिलेको हेर्न आतुर’

नारायण शर्मा

नवलपरासी — संघीयतापछि जनताले विकास निमार्णको काममा कांग्रेस र नेकपा हातोमालो गरेको हेर्न जनता आतुर रहेको पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् । विकास र समृद्धिमा यी देशका शक्ति मिल्छन् कि मिल्दैनन् भनेर जनताले नियाली रहेका भन्दै उनले देशको पछौटेपन र गरिबी निवारणमा हातेमालो गरेको हेर्ने जनचाहनालाई नेतृत्वले बुझन जरुरी रहेको बताए ।

‘विकासमा नेकपा र कांग्रेस मिलेको हेर्न आतुर’

निर्वाचनका बेला हाम्रा मुद्दा फरक हुन सक्छन् तर निर्वाचनपछि दुवै शक्ति मिलेर देशमा व्याप्त गरिबी र पछौटेपन बिरुद्ध अघि बढन आवश्यक छ रहेको र जनताको म्यान्डेटबाहिर जाने हक नेतृत्वलाई नरहेको उनको भनाइ थियो ।


पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा धौवादी रुद्रपुरगढी पर्यटकीय क्षेत्र उद्घाटन, लालिगुराँस संरक्षित क्षेत्र घोषणा तथा एकीकृत नमुनाबस्ती शिलान्यास कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले बिहीबार यस्तो बताएका हुन् ।


उनले निर्वाचनपछि देशमा ४० हजार जनप्रतिनिधिको राम्रो गतिबिधिबाट संघीयताको जग मजबुत हुँदै गएकाले नेतृत्व चनाखो हुनुपर्ने बताए ।


रुद्रपुरगढी चिसो हावापानी भएको क्षेत्र छानेर गाउँपालिकाले ५ हजार गुराँसको बिरुवा रोपेको छ । नजिकै निर्माण हुने एकीकृत बस्ती निमार्णको पनि भट्टराईले शिलान्यास गरे । ८ करोडको लागतमा १०२ घरधुरीलाई बसोवास गराउन एउटै मोडेलका घरहरू बनाइने छन् । रुद्रपुर र आसपासको क्षेत्रमा पहिरोको जोखिममा रहेका ती घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने भएकाले गाउँपालिकाको एकीकृत बस्ती निमार्णको काम थालनी गरेको गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।


प्रकाशित : भाद्र १२, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?