१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छहराबाट खसेर सैनिकको मृत्यु

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका १, गाइखुरेस्थित छहराबाट खसेर लमजुङको उदिपुरस्थित श्रीजंग गणमा कार्यरत एक सैनिकको मृत्यु भएको छ । विद्यालयमा तालिमरत राष्ट्रिय सेवा दलका विद्यार्थीका लागि गणले आयोजना गर्ने साहसिक क्यानोयिङ तालिम गर्ने तयारी अनुरुप उक्त छहरामा सरसफाई गरेको थियो ।

छहराबाट खसेर सैनिकको मृत्यु

यही भदौ १५, १६ र १७ गते आयोजना हुन लागेको उक्त तालिममा लमजुङ, गोरखा र तनहुँका करिब २ सय ५० बढी विद्यार्थी सहभागि हुँदै थिए । उक्त तालिमका लागि छहराको सरसफाई गर्ने क्रममा करिब १ सय मिटर माथिको उचाईबाट खस्दा गणमा कार्यरत लेसनायक ३१ वर्षीय विजय श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको हो ।


गणका गणपति प्रमुख सेनानी शिखर जबराका अनुसार छहराको सरसफाई गर्ने र सामान्य बाटो बनाउने क्रममा श्रेष्ठ खसेका थिए । माथिबाट आएको ढुंगा छल्ने क्रममा बिहान ९ बजेतिर छहराबाट खसेको र छहरा झर्ने ठाउँमा रहेको पानी पोखरीमा डुबेका कारण उनको मृत्यु भएको हुनसक्ने उनले बताए ।


छहराबाट खसेपछि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएका उनलाई डाक्टरले उपचार प्रयास गरेकोमा सफल हुन नसकेको डीएसपी रबिन्द्रमान गुरुङले बताए । उनका अनुसार अस्पताल ल्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । शवको पोष्टमार्टमको लागि शिक्षण अस्पताल लगिएको डीएसपी गुरुङले बताए ।

प्रकाशित : भाद्र १२, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?