भीरबाट लडेर मृत्यु 

कान्तिपुर संवाददाता

गण्डकी — भीरबाट लडेर स्याङ्जामा एक जना युवकको मृत्यु भएको छ । वालिङ नगरपालिका–११ आम्दालीका २५ वर्षीय बसन्त थापाको भीरबाट लडेर मृत्यु भएको हो ।

प्रतिकात्मक तस्बिर ।

बाख्रा चराउन गएका उनी सोमबार सोही ठाउँको लखनेस्थित भीरबाट लडेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बयान दिँदादिँदै अभियुक्तको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — लागूपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ परी सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै अचेत भएका एक अभियुक्तको मृत्यु भएको छ । सुनसरीको इनरुवास्थित सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै आइतबार ३ बजे ५६ वर्षीय बनवारीलाल शर्मा अचेत भएका थिए ।

प्रतिकात्मक तस्बिर ।

अचेत भएपछि उनलाई इनरुवा अस्पतालमा पुर्‍याइएको थियो । उनको थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । त्यहाँ उनलाई आईसीयूमा राख्नुपर्ने तयारी गर्दा गर्दै राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले एकसाता अघि इटहरीबाट कारमा आइरहेका बेला तीनकुने चेकपोष्टबाट शर्मा र कारचालक रुविन श्रेष्ठलाई २८ बोतल डाइलेक्स लागूपदार्थसहित पक्राउ गरेको थियो । शर्मा धरानमा सौन्दर्य सामग्रीको विक्रेता थिए ।

के कारणले शर्मा अचेत भए भन्ने रहस्य भने खुलेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने धरानका डीएसपी ढुण्डीराज न्यौपानले बताए । शर्माको मृत्यु भएकाले उनको लागूपदार्थ सम्बन्धी मुद्दा खारेज हुने र कारचालक रुविन श्रेष्ठको भने थप प्रकृया बढ्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ १७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT