कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

फोहोर व्यवस्थापनमा लापरबाही

प्रकाश बराल

बागलुङ — कालीगण्डकी करिडोरको छेवैमा बागलुङ नगरपालिकाले ५ वर्षदेखि फोहोर फालेको छ । सदरमुकामबाट दक्षिणतर्फ जाने सयौंले यो बाटो हिँड्दा दुर्गन्धले नाक थुन्नुपर्छ ।

दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना तुहिएपछि नगरपालिकाले यहाँ फोहोर फाल्दै आएको हो । दुर्गन्धित वातावरण संरक्षणका लागि भने कुनै काम गरेको छैन । बजेट अभाव देखाएर वडा १ को खुतुर्केमा फोहोर फालिरहेको हो । वरिपरि पर्खाल लगाएर फालिएको फोहोरले करिडोरसहित कालिका मन्दिरको छेउसम्म दुर्गन्ध फैलिएको छ । मालढुंगा बस्तीमा पनि असर पुगेको छ ।


स्थायी ल्यान्डफिल्डको डिजाइन गरेपछि सरकारसँग माग गरेको बजेट नपाएर निर्माणको काम रोकिएको थियो । स्थानीय तह गठनपछिका ३ वटा बजेटले पनि फोहोर व्यवस्थापनलाई सम्बोधन नगरेको भन्दै स्थानीयले जनप्रतिनिधिप्रति आक्रोश पोखेका छन् । ‘फोहोर सडकछेउमा फालिएकाले दुर्गन्ध फैलिएको छ,’ वडा १ का रणबहादुर बोहोराले भने, ‘दिगो व्यवस्थापन नगरी आलेटाले काम भयो ।’


गत आर्थिक वर्षको नीति कार्यक्रममा आधुनिक पद्धतिद्वारा फोहोरमैला व्यवस्थापन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र फोहोरमैला व्यवस्थापन विभागको सहकार्यमा बायोग्यास उत्पादन प्रणाली प्लान्ट कार्यान्वयनमा ल्याउने उल्लेख थियो । तर काम भएको छैन । नगरप्रमुख जनकराज पौडेलले तत्कालै अर्को विकल्प नभेटेकाले करिडोर नजिकै फालेको बताए । ‘विकल्पको खोजीमा छौं,’ उनले भने, ‘विकल्प भेटेपछि व्यवस्थापनको काम गर्छौं । दिगो समाधानका लागि दाताको खोजीमा छौं ।’


धौलागिरी फोहोर व्यवस्थापन तथा सरसफाइ सहकारीले बजार क्षेत्रको फोहोर उक्त स्थानमा लगेर फाल्छ । धौलागिरी अञ्चल अस्पतालले पनि फोहोर व्यवस्थापनमा लापरबाही गरेको छ । औषधिजन्य फोहोर जथाभावी फाल्ने र जलाउने गरिएको प्राकृतिक स्रोत व्यवस्थापनका शोधार्थी प्रकाश थापाले बताए । उनले भने, ‘मानव स्वास्थ्यमा असर पर्ने गरी औषधि डढाइएको छ ।’


अस्पतालमा जम्मा भएको फोहोर र मिति सकिएको औषधि खुला रूपमा डढाउने गरिएको र यसले दुर्गन्ध फैलिएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?