चन्द समूहका विद्यार्थी नेता पक्राउ

कान्तिपुर संवाददाता

दमौली — चन्द समूहका विद्यार्थी संगठनका तनहुँ जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले प्रक्राउ गरेको छ । व्यास नगरपालिकाको घाँसीकुवाबाट रुचाललाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । 

जिल्ला प्रहरीले यसअघि तनहुँबाट चन्द समूहका एक दर्जन बढी नेता/कार्यकर्ता पक्राउ गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ८, २०७६ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

मर्मत गरेको तीन घण्टामै सडक भासियो

बलराम घिमिरे

रसुवा — पासाङल्हामु मार्गको सदरमुकाम धुन्चे नजिकै ब्राबल खण्ड भासिएको छ । सडक भासिएपछि यातायत अवरुद्ध भएको छ ।

शनिबार रातिको अविरल वर्षाले भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो। मर्मत गरेको करिब तीन घण्टामै पुनः सडक भासिएपछि यातायात अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। 'सडक निर्माण भइरहेको छ' उनले भने। सडकको कुनापट्टि ब्रेक्रर लगाएर पहरो काट्ने काम भइरहेको छ। साना यातायात आजै चल्न मिल्ने गरी निर्माण भइरहेको उनले बताए।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने यही सडक हो। सडक अवरुद्ध हुँदा चीनको केरुङबाट सामान लिइएर आएका कन्टेनर बाटोमै रोकिएका छन्। पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कु लगायत ठाउँमा पहिरोको समस्या छ।

त्यस्तै स्याफ्रुबेंशी रसुवागढी सडक खण्डको अवस्था पनि उस्तै छ। उक्त सडक खण्डमा पहिरोको जोखिम छ।

प्रकाशित : भाद्र ८, २०७६ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्