२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ब्रेक फेल भएर तनहुँमा बस दुर्घटना, महिलाको मृत्यु

(दमौली) — ब्रेक फेल भएर बस दुर्घटना हुँदा आइतबार तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१३ का ५४ वर्षीया गोमा पन्त रहेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

दमौलीबाट छाब्दी जाँदै गरेको ग १ ख २७०३ नम्बरको मिनिबस ब्रेक फेल भएर पछाडी गुड्दा गोठमा काम गरिरहेकी उनलाई बसले किच्दा सख्त घाइते भएकी थिइन् । घाइतेको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।


प्रकाशित : भाद्र ८, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?