कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भारतीय ट्रक पल्टिँदा चालकको मृत्यु , एक सख्त घाइते

नारायण शर्मा

(नवलपरासी) — पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तरगत दुम्किबासको ज्यामिरेमा एक भारतीय ट्रक विद्युत् पोलमा ठक्कर खाएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना सख्त घाइते भएका छन्  ।
 

बुधबार बिहान ३ बजे बर्दघाटवाट नारायणगढतर्फ जाँदै गरेको भारतीय आरजे ०५ ४१६७ नम्बरको ट्रक पोलमा ठोक्किँदा चालक सुल्तान सिंहको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । खलासी जयचन्द्र सिंहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । उनको अवस्था जटिल रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै भारतीय नागरिक हुन् ।


चालक निदाएर दुर्घटना भएको प्रहरी अनुमान छ ।

प्रकाशित : भाद्र ४, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?