कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कामचोरलाई कस्ने ऐन ल्याउँदैछौं : मन्त्री पण्डित

कान्तिपुर संवाददाता

(पर्वत) — पेशागत मर्यादाविपरीत काम गर्ने कर्मचारीविरुद्ध कडा ऐन आउन लागेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् । नेकपाको कार्यक्रमका लागि बागलुङ जाने क्रममा शुक्रबार कुश्मामा केहीबेर रोकिएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो बताएका हुन् ।
 

कामचोरलाई कस्ने ऐन ल्याउँदैछौं : मन्त्री पण्डित

‘संघीय निजामती सेवा ऐन अन्तिम चरणमा छ । सम्भवतः यही साताभित्र संसदबाट पारित गर्नेछौं । काम नगर्ने र ठग प्रवृत्ति बोक्ने कर्मचारीका लागि पाता कस्नेगरि बाँध्ने ऐन ल्याउँदैछौं,’ उनले भने, ‘इमानदारले डराउनु पर्दैन, त्यो सँगसँगै राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नेछौं ।’ ऐनमा कर्मचारीका सेवासुविधा र उमेर हद पनि बढाएर ल्याउने तयारी भएको उनले बताए । नयाँ ऐनमा हरेक कर्मचारीसँग कामको करार सम्झौता गरिने र त्यसअनुसार काम नगरे तत्कालै बर्खास्त गर्ने प्रावधान पनि रहने उनले खुलाए ।


आधिकारिक ट्रेड युनियनमा आवद्ध कर्मचारीले कामभन्दा बढी राजनीति गरिरहेको भन्दै उनले नयाँ ऐनमा ट्रेड युनियनको काम कार्यालय समयभित्र गर्न नपाइने व्यवस्था रहेको बताए । ‘ट्रेड युनियन अब ड्यूटी आवरमा हुँदैन । त्यसबाहेकको समयमा मात्रै ट्रेड युनियनको काम हुन्छ,’ उनले भने, ‘मेरो काम लख्रक–लख्रक फलानो र ढिस्कानो नेतालाई भेट्ने । हामी दबाब सृजना गर्ने, हड्ताल गर्ने, सरकारलाई दबाब दिने, मेरो सिफारिसबिना देश चल्नुहुँदैन भन्ने भावनालाई समाप्त पारिने छ ।’


कर्मचारीले सामूहिक राजीनामा दिएमा एकपटक सोधेर दिएको पुष्टि भएमा बिदा गरिने उनले चेतावनी दिए । कर्मचारीलाई स्थायी सरकारको दम्भ हटाउन विकसित देशहरुमा यस्तो गरिएका धेरै उदाहरण भएको उनले बताए ।


‘मलेसियामा डाक्टर र नर्सले राजिनामा दिंदा सबैलाई बिदा गरेर नयाँ ल्याएको थियो । दक्षिण भारतको अवस्था यस्तै हो,’ उनले भने । नेपालमा पनि धेरै दक्ष युवा भएको भन्दै पुराना कर्मचारीले राजीनामा दिए नयाँ ल्याउन कुनै समस्या नहुने भनाइ उनको थियो ।


समायोजनबारे केही कर्मचारीलाई चित्त नबुझेको गुनासो आएकोप्रति उनले आलोचना गरे । ‘काठमाडौंमा बस्नेलाई चित्त नबुझेको हो,’ उनले भने, ‘कहाँ लाभका ठाउँ छन् भन्ने खोज्दै हिँड्नेलाई निरुत्साहित गर्दैछौं ।’


प्रकाशित : श्रावण ३१, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?