जंगलमा टेन्ट टाँगेर जुवा खेलिरहेका ८ पक्राउ

हरिराम उप्रेती

गोरखा — जंगलमा टेन्ट टाँगेर जुवा खेल्दै गरेका आठ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले ३ लाख ८७ हजार २ सय ५० रुपैयाँसहित उनीहरुलाई बिहीबार पालुङटार नगरपालिका–५ चियानडाँडास्थित जंगलबाट पक्राउ पक्राउ गरेका हुन् ।

जुवा खेल्नेमा तनहुँ, लमजुङ र गोरखाका व्यक्ति रहेका डिएसपी महेन्द्र नेपालले बताए ।


‘अस्थायी प्रकृतिको टेन्ट टाँगेर जुवा खेलिरहेका रहेछन्,’ एक प्रहरीले भने, ‘विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भयौँ, उनीहरु पेसेवर रहेको बुझिन आएको छ ।’ उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया थाल्ने प्रहरीको तयारी छ ।


प्रकाशित : श्रावण ३०, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?