बन्दीपुरमा युवकको शव फेला

प्रताप रानामगर

दमौली — तनहुँको बन्दीपुरमा एक व्यक्तिको घाँटी रेटेर हत्या गरेको आंशक गरिएको छ । बन्दीपुर-१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामकुमार शाही घाँटीमा धारिलो हतियारको चोट सहित मृत अवस्था फेला परेकाले कसैले हत्या गर्न सक्ने आंशक गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

बन्दीपुरमा युवकको शव फेला

‘घटनाबारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृतकको घाँटीमा धारिलो हतियार प्रयोगबाट चोट लागेको देखिएको छ । उनको हत्या भएको हुन सक्छ हामीले अनुसन्धान गरिरहेका छौं ।' आइतबार रातिदेखि उनी बेपत्ता भएपछि सोमबार उनको परिवारले इलका प्रहरी कार्यालय डुम्रेमा खोजी गरिदिन निवेदन दिएका थिए । प्रहरीले खोजी गर्दा बन्दीपुर ४ ठूलाढुङ्गास्थित काँसको झाँडीमा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।


घटनाको अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेको उनले बताए । कसले हत्या गर्‍यो पहिचना खुलेको छैन । हत्या संलग्न जोसुकै भए पनि चाँडै कानुनको दायरायमा आउने प्रहरी उपरीक्षक सिलवालले बताए । मृतकको जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।

प्रकाशित : श्रावण २८, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?