कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गोरखाबाट पक्राउ परे चन्दका ३ कार्यकर्ता

कान्तिपुर संवाददाता

(गोरखा) — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का ३ कार्याकर्तालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । तत्कालीन कास्की सेक्रेटरी जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई र विद्यार्थी संगठनकै कास्की जिल्ला अध्यक्ष काजिीगुरुङलाई शुक्रबार बिहान पक्राउ गरिएको डिएसपी महेन्द्र नेपालले बताए । 

गोरखा नगरपालिका–१३ को मझुवा नाकाबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए । ‘गोरखा छिरेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ उनले भने । स्रोतका अनुसार बिहीबार स्याङ्जा अदालतबाट रिहा भएलगतै स्याङ्जा प्रहरीले पक्राउ गरी गोरखा पठाएको हो ।


उनीहरुलाई शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाको छ । भण्डारी रोल्पा, गुरुङ गोरखाको वारपाक सुलिकोट गाउँपालिका र राई भोजपुरका हुन् ।


प्रकाशित : श्रावण २४, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?