२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

वडा कार्यालयमा चोरी

कान्तिपुर संवाददाता

कास्की — पोखरा महानगरपालिका–६ वडा कार्यालयमा चोरी भएको छ । मंगलबार बिहान कार्यालय पुग्दा चोरी भएको वडाध्यक्ष जगतबहादुर पहारीले बताए । उनका अनुसार मास्क लगाएका एक जनाले २ कम्प्युटर चोरी गरेका हुन ।

चोरीमा संलग्नको खोजी भइरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले बताए । यसअघि वडामा चोर पसे पनि कुनै सामान लगेको थिएन ।


यसअघि पनि महानगरका विभिन्न वडामा शृंखलाबद्ध चोरी भएका छन् । चोरले ल्याप्टप, कम्प्युटर लगायत सामान लगे पनि पत्ता लाग्न सकेको छैन । सबैभन्दा पहिला १७ महिना अघि वडा १३ मा ल्यापटप, सिपीयु, मनिटर, प्रिन्टर लगायतका समान चोरी भएको थियो । ३ लाख १० हजार बराबरको सामान चोरी भएको थियो ।


पोखरा २५ मा ३ महिना अघि चोरी भएको थियो । ‘सिसी क्यामेरा भएको कार्यालयमा पत्ता लाग्न नसकेको चोर, क्यामेरा नभएको ठाउँमा कसरी पत्ता लाग्नु’, शाहले भने । वडामा १ लाख ३० हजार बराबरको सिपियु, मनिटर चोरी भएको थियो । पोखरा–५ मा ३ लाख, १२ मा १२ हजार १३ मा ३ लाख १० हजार, १४ मा १३ हजार, १५ मा १२ हजार, १६ मा २ लाख २५ हजार, २९ मा १ लाख २९ हजार बराबरको सामान चोरी भएको छ ।


वडा १९ र ३० कार्यालयमा चोर पसे पनि केही हराएको छैन । २०७५ मा मात्र १० वडामा चोरी भएको थियो । २०७६ मा वडा २५ मा १ लाख ३० हजार, ३१ मा १ लाख ६० हजार बराबरको ल्यापटप, मनिटर चोरी भएको छ । २५ र ३१ वडा सहित १३ वटा वडामा चोर पसेको हो । पोखरा महानगरपालिका जिन्सी महाशाखाका प्रमुख किरणप्रसाद कोइरालाका अनुसार सबै वडामा गरेर १४ लाख बराबरको चोरी भएको छ । चोरी हुनासाथ बैदाम कार्यलयमा उजुरी दिएपनि अहिले सम्म चोर पत्ता लगाउन नसक्नुमा प्रहरीको कमजोर हो’ महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले भने ।


सुतेकै अवस्थामा घाँटीको गहना चोरी

गोरखा– गोरखा नगरपालिका–९ ठिगुरेस्वाराँको ३ घरमा बुधबार बिहान चोरी भएको छ । मूलढोका फोडेर सुनका गहना र नगद चोरी भएपछि स्थानीय त्रसित छन् ।


झन्डै साढे चार तोला गहना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ । वन्दना दानी क्षेत्रीको करिब एक तोला र कमलकुमारी श्रेष्ठको साढे दुई तोलाको सिक्री चोरी भएको छ । सानुमाया कुँवरको घरबाट नगद ५० हजार सहित एक तोला बराबरको तिलहरीका गहना चोरी भएको प्रहरीले जनाएको छ । ‘च्यानल गेटको चापी फोडेको थाहै पाइनँ, सुतिरहेको ठाउँमा कालो मास्क लगाएको मान्छे आयो, एक्कासि घाँटीमा समातेर सिक्री तान्यो,’ वन्दनाले भनिन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?