कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुतेकै अवस्थामा सिक्री चोरी

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–९ ठिगुरेस्वाराँको ३ घरमा बुधबार बिहान चोरी भएको छ । मूल ढोका  फोडेर सुनका गहना र नगद चोरी भएपछि स्थानीय त्रसिद बनेका छन् । ३ घरबाट करिब साढे ४ तोला गहना चोरी भएको प्रहरीमा उजुरी परेको छ । बन्दना दानी क्षेत्रीको करिब एक तोला र कमल कुमारी श्रेष्ठको साढे दुई तोलाको सुनको सिक्री चोरी भएको छ । सानुमायाँ कुवँरको घरबाट नगद पचास हजार सहित एक तोला बराबरको तिलहरीका गहना चोरी भएको प्रहरीले जनाएको छ । 

सुतेकै अवस्थामा सिक्री चोरी

‘सुतिरहेको ठाउँमा कालो मास्क लगाएको मान्छे आयो, एक्कासी घाँटीमा समातेर सिक्री तान्यो,’ बन्दनाले भनिन्, ‘फुत्किन खोज्दा धकेला–धकेल हुँदा औला टोकिदिएँ, त्यसो हुँदापनि घाँटीको आधा भन्दा बढी सिक्री चुडेर भाग्यो ।’


मूल ढोका र दराजको चाबी फोडेर नगद र गहना चोरी भएको सानुमायाँले बताइन् । ‘छिमेकीको घरमा सुतेको थिएँ, बिहान आएर हेर्दा मूल ढोकाको ताल्चा फोडेको देखेँ, दराजमा गएर हेरेको कपडा यत्रतत्र फालिदिएछ । पैसा/गहना नी लगेछ’ उनले भनिन् । बिहान करिब दई बजे नाक र मुख थुनेर सुतिरहेको अवस्थामा ओछ्यानबाटै घाँटीको सिक्री चुडेर लगेको कमलकुमारीको परिवारले बताएको छ ।


चोरी गर्ने व्याक्तिको खोजी कार्य तीव्र पारिएको एसपी ओम अधिकारीले बताए । ‘निवेदन पनि आएको छ, घटनाको अनुसन्धान गर्दैछौँ,’ उनले भने ।


स्थानीयहरुले भने फितलो सुरक्षा व्यवस्थाका कारण घटना भएको आरोप लगाएका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीको घटना बढ्न सक्ने भन्दै सुरक्षा व्यवस्था मजबुद हुनुपर्ने स्थानीयवासीकोले बताएका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?