घूससहित कम्प्युटर अपरेटर पक्राउ 

लालप्रसाद शर्मा

पोखरा — डिभिजन सडक कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई सेवाग्राहीबाट १ लाख ७५ हजार घूससहित अख्तियार टोलीले पक्राउ गरेको छ । 

अख्तियार पोखराबाट खटिएको टोलीले बिहीबार उनलाई कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो । सडक योजनाको रकम भुक्तानी क्रममा सेवाग्राहीबाट उनले घूस लिएका थिए । पौडेलसँगै बिचौलीया सुनीत शाही पनि पक्राउ परेको अख्तियार पोखरा स्रोतले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?