पहिरोमा स्वास्थ्य चौकी

कान्तिपुर संवाददाता

नवलपुर — पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खलास्थित स्वास्थ्य चौकीको भवन पहिरोले बगाएको छ । सडक बनाउँदा डोजरले खनेको पहरो लगातारको वर्षाले बगाउँदा भवनको केही भाग बगाएको छ भने बचेका पनि चर्काएको छ । 

पहिरोपछि सामान अन्यत्र सार्ने काम भइरहेको स्वास्थ्य चौकी प्रमुख टोकबहादुर सुस्लिङ मगरले बताए । ‘हाम्रो चौकी सडक किनारको ढिस्कोमा थियो, सडक खन्दा ध्यान नपुर्‍याइएकाले पहिरोले लग्यो ।’ अर्खला आसपासका५ हजार स्थानीयलाई
सेवा दिंदै आएको चौकी पहिरोमा परेपछि स्थानीय चिन्तित छन् ।

तत्काल वैकल्पिक व्यवस्थागरेर स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने स्थानीय प्रेमबहादुर मगरले बताए ।सडक निर्माणको काम भइरहेकाले यस क्षेत्रका अरू पनि निजी तथा सरकारी भवन पहिरोको जोखिममा छन् । कावासोतीको फलफूल चोकबाट बोझापोखरी हुँदै अर्खला भएर कोखेटार पुग्ने बाटो निर्माणको काम भइरहेको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

महानगरको सडकमा स्पिड ब्रेकर

कान्तिपुर संवाददाता

(पर्सा) — सवारीसाधनको चाप बढेपछि वीरगन्ज महानगरको सडकमा स्पिड ब्रेकर लगाउन थालिएको छ ।ग्रिनसिटी सामुदायिक संस्था आदर्शनगर तथा वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा यो काम सुरु गरिएको हो ।

यस क्रममा आदर्शनगरस्थित ग्रिनसिटी चोक, लोहारपट्टी चोक र पशुपति घोष चोकमा स्पिड ब्रेकर जडान गरिएको छ । थप एक ब्रेकर अस्पताल क्षेत्रको सडकमा जडान गरिनेछ ।

ग्रिनसिटी सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतानका अनुसार उद्योगी पवन रुंगटाको सौजन्यमा चीनमा निर्मित स्पिड ब्रेकर जडान गरिएको हो । १ लाख ५० हजार रुपैयाँ
लागतको ब्रेकर सडक नफुटाइकनै सहजै जडान गर्न सकिन्छ ।

विकसित मुलुकका सडकमा देखिने यो प्रविधि नेपालमा भने नयाँ र कमै मात्र प्रयोगमा आएको उनले बताए । काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटारमा मात्र यस्तो ब्रेकर जडान गरिएको छ ।

संस्थाका सदस्य त्रिलोकचन्द दारुकाले सवारी चालकमा जागरुकता तथा चेतना बढाउनुका साथै सडक दुर्घटना न्यूनीकरण गर्न पनि ब्रेकर प्रभावकारी हुने बताए । सवारी चालकले तीब्र गतिमा सवारी चलाएर दैनिक जसो दुर्घटना हुन थालेपछि ब्रेकर जडान गरिएको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×