व्यवसायी ११ दिनदेखि बेपत्ता

नवलपरासी — कावासोतीका सौगात अधिकारी ११ दिनदेखि बेखबर छन् । असार १७ गते बुटवल जान भन्दै घरबाट निस्केका शैक्षिक परामर्शदाता अधिकारी १८ गते बिहान त्यतैबाट साथीसँग हेटौडा घुम्न गएका थिए । त्यसपछि उनी कसैको सम्पर्कमा आएका छैनन् ।

व्यवसायी ११ दिनदेखि बेपत्ता

उनको मोवाइल १७ गते रातिदेखि बन्द रहेको बाबु बिष्णुले जानकारी दिए । ‘छोराको मोवाइल अफ हुने र कतैबाट पनि सम्पर्क आएन,’ बाबु विष्णुले भने, ‘त्यसपछि खोजीलाई तीव्र पारिए पनि अहिलेसम्म अत्तोपत्तो छैन ।’


पछिल्लोपटक उनको मोवाइल ट्रयाक गर्दा झापाको मेची पुल आसपास लोकेशन देखाएको थियो । त्यसपछि उनका परिवार झापातिर लागेका छन् । त्यहाँ पनि उनको बारे केही जानकारी पाउन नसक्दा परिवारमा चिन्ता सुरु भएको हो । उनको मोवाइल, फेसबुक सबै बन्द हुनु र कसैलाई सम्पर्क गरेको जानकारी नपाएका कारण परिवारजन तनावमा रहेका छन् ।


२ वर्ष दुबईमा काम गरेर फर्किएका २८ वर्षीय सौगातले पछिल्लोपटक कावासोतीमा शैक्षिक परामर्श केन्द्र सञ्चालनमा ल्याएका थिए । कोल्हुवा निवासी उनी विष्णुका एकमात्र छोरा हुन् । यसबारे जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी र झापा प्रहरीमा खोजतलासका लागि परिवारले निबेदन दर्ता गरएको छ ।

प्रकाशित : असार २७, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?