कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

जोखिममा बेलिब्रिज

म्याग्दी — राहुघाट खोलामा बाढी आएपछि बेनी–जोमसोम–कोरला सडकको गलेश्वरस्थित बेलिब्रिज भत्कने जोखिममा पुगेको छ । राहुघाट खोलामा बाढीको धार गलेश्वरतर्फ सोझिएर कटान थालेपछि पुल जोखिममा परेको हो ।

‘पुलनिर्माण ढिलाइले बेलिब्रिज उच्च जोखिममा छ । कुनै पनि बेला बेनी–जोमसोम सडक अवरुद्ध हुने अवस्था छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘आयोजना प्रमुखलाई तत्काल ब्रिज संरक्षणमा काम थाल्न निर्देशन गरिएको छ ।’


बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत रहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको फाउन्डेसन निर्माण ढिलाइ हुँदा गलेश्वर बस्ती समेत बेलिब्रिज जोखिममा परेको हो ।


फाउन्डेसन राख्न पुरानो तटबन्ध भत्काएको र नयाँ नराखिएकाले आइतबार राति राहुघाट खोलामा आएको बाढीले कटान थालेको हो । पुलको ठेक्का लिएको शर्मा/युनाइटेड बिल्डर्स जे/भी काठमाडौंले पुलको फाउन्डेसन निर्माणमा ढिलाइ तथा लापरबाही गरेको छ ।


नदीमा हरेक दिन पानीको सतह बढेको छ । मनसुन सुरु भएकाले नदीमा पानीको सतह बढेपछि ठेकेदारले फाउन्डेसनका लागि खनेको खाडलमा जगसमेत राख्न सकेको छैन । बेलिब्रिजले मुस्ताङसमेत बेनी–जोमसोम सडक वारिपारि रहेका रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई पनि जोड्छ ।

प्रकाशित : असार २४, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?