बोलेरोको ठक्करले मृत्यु
नवलपरासी — नवलपरासीको हर्कपुरमा शुक्रबार दिउँसो सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते छन् ।
बर्दघाटबाट पूर्वतर्फ जाँदै गरेको बा१९च ४५७४ नम्बरको बलेरो गाडीले त्यतै गइरहेको युपी ५३ सी वाई ७२८३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको हो । घटनामा मोटरसाइकल चालक अन्दाजी २६ वर्षका भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । मोटरसाइकलको पछाडि बसेका भारत, उत्तर प्रदेशका २६ वर्षीय प्रशान्त पाण्डे गम्भीर घाइते छन् ।
उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि बोलेरो सडकछेउको बिजुली पोलमा ठोक्किई सडकबाट करिब ३ मिटर तल खसेको थियो । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया