कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुर्घटनामा एकको मृत्यु १२ घाइते 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा भएका दुई सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहान पौने ५ बजेतिर रजहर चोकदेखि करीब ५ सय मिटरपूर्व पूर्व-पश्चिम लोकमार्गअन्तर्गत ओएसिस चोकमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख १४९३ नम्वरको वसले देबचुली १६ रजहरकी ७५ वर्षीया वृद्धा राधिका अधिकारीलाई ठक्कर दिदाँ घटनास्थमै उनको मृत्यु भएको हो ।

त्यस्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु ८ चोरमाराको फूलबारीमा २ वटा सवारी साधन जुद्धा १२ जना घाइते भएका छन् । उनीहरुध्ये २ जना सख्त छ । चोरमारा प्रहरीका अनुसार बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ६३ नम्बरको ट्रक र विपरीत दिशा काठमाडौंबाट सुर्खेतका लागी छुटेको बस फूलबारीमा ठोक्किएर दुर्घटना भएको हो ।


सख्त घाइते २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र अन्य घाइतेको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी कार्यालय चोरमाराका प्रहरी नायव निरीक्षक भीमप्रसाद धितालले जानकारी दिए । दुबै सवारी साधनका चालक र सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : असार १८, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?