कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

४ लाख घूससहित इन्जिनियर रंगेहात पक्राउ 

लालप्रसाद शर्मा

पोखरा — खानेपानी योजनासँग ४ लाख रुपैयाँ घूस लिएका इन्जिनियरलाई अख्तियार पोखराको टोलीले मंगलबार रंगेहात पक्राउ गरेको छ । 

४ लाख घूससहित इन्जिनियर रंगेहात पक्राउ 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मद पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले बताए ।


अख्तियारका अनुसार स्याङजाकै छत्रेदेउराली खानेपानी योजनाको भुक्तानी गर्ने क्रममा महम्मदले उपभोक्तासँग उक्त रकम माग्दै आएका थिए ।


पटकपटक रकम मागेपछि केही उपभोक्ता अख्तियार आएर जानकारी गराएका थिए । खानेपानी योजनाका लागि चेकमार्फत भुक्तानी भइसकेको रकमबाट उनले घूस मागेका थिए ।

प्रकाशित : असार १७, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?