४ लाख घूससहित इन्जिनियर रंगेहात पक्राउ 

लालप्रसाद शर्मा

पोखरा — खानेपानी योजनासँग ४ लाख रुपैयाँ घूस लिएका इन्जिनियरलाई अख्तियार पोखराको टोलीले मंगलबार रंगेहात पक्राउ गरेको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मद पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले बताए ।

अख्तियारका अनुसार स्याङजाकै छत्रेदेउराली खानेपानी योजनाको भुक्तानी गर्ने क्रममा महम्मदले उपभोक्तासँग उक्त रकम माग्दै आएका थिए ।

पटकपटक रकम मागेपछि केही उपभोक्ता अख्तियार आएर जानकारी गराएका थिए । खानेपानी योजनाका लागि चेकमार्फत भुक्तानी भइसकेको रकमबाट उनले घूस मागेका थिए ।

प्रकाशित : असार १७, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्

चन्द समूहका कार्यकर्ता पक्राउ

रासस

काठमाडौँ — प्रहरीले नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ ।

प्रकाशित : असार १७, २०७६ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्