१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्रक र माेटरसाइकल ठाेक्किँदा दुईकाे मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जंगललमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । 

ट्रक र माेटरसाइकल ठाेक्किँदा दुईकाे मृत्यु

सोमबार बिहान ५:१५ बजेको समयमा खरकट्टा जगलस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लु २ ख १० नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र सोही ठाँउ बस्ने ३३ वर्षीय तारा पोख्रेल रहेका छन् । ठक्करबाट गम्भीर घाइते दुवैकाे कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएकाे हाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।


प्रकाशित : असार १६, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?