ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु 

नारायण शर्मा

नवलपरासी — पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैंडाकोटमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएको छ । 


गैंडाकोट नगरपालिका –२ मा ना ७ ख ७७१ नम्बरको ट्रकले ना २४ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही स्थान बस्ने ४० वर्षीय तिलचन्द्र अधिकारीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

प्रकाशित : असार १०, २०७६ ११:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१० लाख घूस लिएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको नियन्त्रणमा 

नारायण शर्मा

नवलपरासी — सवारी ज्यान मुद्दामा १० लाख घूस लिएर नक्कली चालक खडा गर्ने गैंडाकोटका प्रहरी निरीक्षक अख्तियारको कारबाहीमा परेका छ्न् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरी अनुसन्धान थालेको हो ।

उनीविरुद्ध १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेको थियो।

सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जिसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएका थिए। घटनाको विषयलाई लिएर प्रहरी निरीक्षक जिसीले उल्टै पीडित पक्षलाई हप्कीदप्की गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ। आयोगका अनुसार वैशाख ११ मा बोधराज पाण्डेले चलाएको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे भएको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले बेइमानी गरेको पीडित पक्षको भनाइ छ।

निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै १० लाख खाएर पाण्डेको साटो किसुन महतोलाई नक्कली चालक बनाएर उभ्याएका थिए। महतोको सवारी चालक अनुमति पत्र छ भने दुर्घटनाको बेला सवारी चलाउने बोधराज लाइसेन्सविहीन हुन्।

प्रकाशित : जेष्ठ २२, २०७६ १५:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×