कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कावासोती नगरपालिकाका उपप्रमुखको सवारीमा आगजनी 

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी सवारीमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।
उपप्रमुख प्रेम शंकर मर्दनियाले प्रयोग गर्ने लु १ झ ३२१ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । राति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारीमा रहेको सवारीमा आगजनी भएको प्रहरीले जनाएको छ । 

आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अर्जुन रानाभाटले बताए ।


मोटरसाइकलमा आएका २ जना आगो लगाएर भागेका थिए । बन्दको पूर्वसन्ध्यामा भएकाले आगलागी नेत्रविक्रम चन्द समूह निकट माओवादीले गराएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय तहका उपप्रमुखलाई सवारी सुविधा नभएपनि उपप्रमुख मर्दनियाले निर्वाचित भएदेखि नै यो सुविधा लिँदै आएका छन् ।

प्रकाशित : असार १०, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?