कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेरि समातिए चन्दका नेता–कार्यकर्ता

पोखरा — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कास्की जिल्ला सेक्रेटरीलगायत ९ जनालाई प्रहरीले बिहीबार राति पुनः पक्रिएको छ । जेठ २५ मा कास्कीको घान्द्रुकबाट समातिएका १८ मध्ये ९ जनामाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

आफन्तले गैरकानुनी पक्राउ गरिएको भन्दै उच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएका थिए । उच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको इजलासले बिहीबार उनीहरूलाई छाड्न आदेश दिएको थियो । रजिस्ट्रार जितेन्द्रबाबु थपलियाको रोहबरमा अदालतले तत्काल थुनामुक्त गर्न आदेश दिएपछि उनीहरूलाई प्रहरीले पुनः पक्रेको हो ।


पक्राउ पर्नेमा नेकपा कास्की सेक्रेटरी जंगबहादुर भण्डारी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राईलगायत छन् । पुनः पक्राउ पर्ने डरले उनीहरू बारको कार्यालयमा बसेका थिए । मध्यरातमा प्रहरी कार्यालयभित्रै पसेर उनीहरूलाई पक्रेको हो । अदालतको आदेश अवज्ञा गर्नु मानवअधिकारको धज्जी उडाउनु रहेको नेपाल बारका उपाध्यक्ष सुरेन्द्र थापामगरले बताए । ‘प्रहरीको यस्तो रवैया स्वतन्त्र न्यायपालिकामाथि धावा बोल्नु हो,’ उनले भने, ‘अदालतको आदेशलाई सरकारले मान्नैपर्छ ।’

प्रकाशित : जेष्ठ ३१, २०७६ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?