१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चन्द समूहका केन्द्रीय सचिवालय सदस्यसहित १८ पक्राउ

लालप्रसाद शर्मा

पोखरा — सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका केन्द्रीय सचिवालय सदस्य मिलन राइलगायत १८ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी पनि छन् । 

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण गाउँपालिका– ११ बाट उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो । ‘घान्द्रुक क्षेत्रमा विप्लव माओवादीका कार्यकर्ताको गतिविधि बढेको जानकारी आयो,’ कार्कीले भने, ‘सोही आधारमा लामो दुरीको गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको हो ।’


पक्राउ परेकालाई राति नै कास्की प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेकाहरु एक सामुदायिक भवनमा बसेर छलफल गरिरहेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?