१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

१० लाख घूस लिएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको नियन्त्रणमा 

नारायण शर्मा

नवलपरासी — सवारी ज्यान मुद्दामा १० लाख घूस लिएर नक्कली चालक खडा गर्ने गैंडाकोटका प्रहरी निरीक्षक अख्तियारको कारबाहीमा परेका छ्न् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरी अनुसन्धान थालेको हो ।

१० लाख घूस लिएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको नियन्त्रणमा 

उनीविरुद्ध १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेको थियो ।


सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जिसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएका थिए । घटनाको विषयलाई लिएर प्रहरी निरीक्षक जिसीले उल्टै पीडित पक्षलाई हप्कीदप्की गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ । आयोगका अनुसार वैशाख ११ मा बोधराज पाण्डेले चलाएको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे भएको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले बेइमानी गरेको पीडित पक्षको भनाइ छ ।


निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै १० लाख खाएर पाण्डेको साटो किसुन महतोलाई नक्कली चालक बनाएर उभ्याएका थिए । महतोको सवारी चालक अनुमति पत्र छ भने दुर्घटनाको बेला सवारी चलाउने बोधराज लाइसेन्सविहीन हुन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?