१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित 

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभाको आइतबारको बैठक कांग्रेस सांसदको अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । आफ्ना माग सम्बोधन नभएको भन्दै बैठक सुरु हुनसाथ प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद उभिएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक सोमबारसम्मका लागि स्थगित गरे । 

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित 

कार्यविधि बनाउँदा सरकारले सांसदलाई सहभागी नबनाएको, बजेट वितरण लगायत मन्त्रालयले आफूहरूलाई सम्बोधन नगरेको, कार्यविधि परिवर्तन गरी आस्थाका आधारमा बजेट वितरण गरिएको, कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको जस्ता विषय कांग्रेसले उठाउँदै आएको थियो ।


यसै गरी कालीगण्डकी डाइभर्सनलाई रोक्नुपर्ने, विधेयक ल्याएर प्रदेशसभालाई बिजनेस दिनुपर्ने र आगामी बजेटमा सबै सांसदलाई समेट्नुपर्ने लगायत माग कांग्रेसको थियो ।

शुक्रबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले यस्तै विषयवस्तु उठाएर सरकारको ध्यानाकर्षण गराएका थिए । तर सरकारले कुनै जवाफ नदिएकाले आफ्नो दलले प्रदेशसभा बैठकमा अवरोध गरेको नेपालीले बताए । ‘कतिपय अनियमित भएका विषयमा छानबिन गर्नुपर्ने हाम्रो माग हो’ उनले भने, ‘मागलाई सम्बोधन नगर्नु सरकारको कमजोरी हो ।’


प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल गर्ने आइतबारको कार्यसूचीमा थियो ।

प्रकाशित : जेष्ठ १९, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?