कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई एक करोड

दीपक परियार

(लेखनाथ) — प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार घोषणा भएको छ । घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड रुपैयाँ दिने घोषणा गरे । उनले वाइडबडी काण्डमा अधिकारी निर्दोष रहेको दोहोर्‍याए । 'अरुले दोषी भन्दा हामीले निर्दोष भन्न किन नपाउने,' उनले भने, 'आरोप लाग्दैमा कोही दोषी हुँदैन ।'

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई एक करोड

मदन भण्डारी स्मृति प्रतिष्ठान भित्र विवाद ल्याउने काम भएको स्मरण गर्दै रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई त्यसो हुन नदिने उनको भनाइ थियो ।


अर्को प्रसंगमा उनले नेकपामा पार्टी र देश निर्माण भन्दा आफ्नो पद र प्रतिष्ठा खोज्न थालिएको बताए । पार्टी सफल कसरी बनाउने र देश विकास गर्ने भन्दा पनि स्वार्थ पूरा गरी पद र प्रतिष्ठा खोज्ने प्रवृत्ति देखिएको उनले जनाए । उनले केही असभ्य र भुइँफुट्टे व्यक्ति वा संस्थाले प्रधानमन्त्रीले नेकपाका पदाधिकारी जोगाउन खोजेको आरोपको लगाएको भन्दै त्यसको खण्डन गरे ।


यसअघि उनले शनिबार नै नेपाल स्काउटले पोखरामा आयोजना गरेको पहिलो राष्ट्रिय रोभर मुटको उद्घाटन गरे ।



प्रकाशित : जेष्ठ १८, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?