१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु , १५ घाइते [अपडेट]

नारायण शर्मा

नवलपरासी — पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दुम्कौलीमा बस र ट्रक ठाेक्किँदा २ महिलासहित ३ काे मृत्यु भएकाे छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-६५ वर्षकी कुमारी सुनारी र थर नखुलेकी जमुना रहेको प्रहरीले जनाएको छ । एकजनाको सनाखत भएको छैन ।

बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु , १५ घाइते [अपडेट]

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।


उनीहरुको चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पुर्‍याउँदा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीको भनाइ छ ।

कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । महेन्द्र राजमार्गको हमाल चोक ना४ख ५२९५ नम्बरको यात्रु बस र एउटा ट्रक ठोक्किँदा दुर्घटना भएको हो । राजमार्गमा ठोक्किएका बस र ट्रक सडकबाट हटाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?