कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु, एक घाइते

नारायण शर्मा

नवलपरासी — देवचुली नगरपालिका ६ मुण्डेमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार  उत्तरबाट दक्षिण दलदलेतर्फ आउँदै गरेको मोटरसाइकल अनयिन्त्रति भएर दुर्घटना भएको हाे । 

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कावासोती १६ डण्डा वस्ने अन्दाजी ३५ वर्षीय रामचन्द्र विश्वकर्माको मृत्यु भएको हो । लु ४३ प ६९३० नम्बरको मोटरसाइकलका चालक कावासोती ३ वस्ने ४० वर्षीय राजेन्द्र सुनार सामान्य घाइते भएका छन् ।


घाइते विश्वकर्मालाई उपचारका लागि चितवन लगिएकोमा अस्पतालले विश्वकर्मालाई मृतक घोषणा गरेको थियाे । दुर्घटनामा पछि स्थानीयको सहयोगमा ट्याम्पुमा हालेर पठाइएको प्रत्यक्षदर्शी जितु चौधरीले जानकारी दिए ।


प्रहरी आउन ढिला हुनु र त्यहाँ उपस्थित स्थानीयले प्रहरीको लफडामा पर्ने भन्दै चाँडो उठाउन नमान्दा घाइतेलाई अस्पताल पुर्‌याउन ढिलाे भएर मृत्यु भएको चौधरीकाे भनाई छ ।


चालक सुनारलाई भने उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको बताइएको छ । मोटरसाइकल चालक र पछाडि सवार साला भिनाजु रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?