४० हजार घूससहित अपरेटर र ड्राइभिङ इन्स्टिच्यूट संचालक पक्राउ

लालप्रसाद शर्मा

पोखरा — स्काभेटरको लाइसेन्स निकालिदिने भन्दै एक व्यक्तिसँग ४० हजार घूस लिँदालिँदै हेवी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछानेलाई सोमबार राति अख्तियार कार्यालय पोखराले पक्राउ गरेको छ ।

उनलाई सहयोग गर्ने मेट्रो ड्राइभिङ इन्स्ट्च्यिूटका संचालक खगेन्द्रप्रसाद काफ्लेलाई पनि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।


लामिछानेले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीबाट लिखित परीक्षा र ट्रायलमा उत्तीर्ण गराइदिने भनी सेवाग्राहीसँग घूस मागेको सूचना र उजुरीका आधारमा घूस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । ड्यामसाइडस्थित बार्दली रेष्टुरेन्ट एन्ड बारबाट दुवैजनालाई पक्राउ गरिएको हो ।


यसैगरी ड्राइभिङ इन्स्टिच्युटका संचालक काफ्लेको साथबाट १ लाख ६ हजार नगद, डायरीलगायत अन्य प्रमाणहरु बरामद भएको अख्तियार स्रोतले जनाएको छ ।


लाइसेन्स निकालिदिने भन्दै काफ्लेले विभिन्न व्यक्तिबाट उक्त रकम लिएका थिए । सत्यतथ्य एकिन गर्न र यातायात कार्यालयका कर्मचारीको संलग्नता भएनभएको बारे थप छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?