कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढीले क्षति

बागलुङ — भीषण बर्षाले जिल्लामा करोडौं मूल्य बराबरको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । सबैभन्दा धेरै बागलुङ नगर खानेपानीको निर्माणाधिन योजनामा क्षति भएको छ । 

सडक, सिँचाइ योजना, पक्की पुल र खेतीपातीको विवरण भने करोडौं रहेको प्रहरीले जनाएको छ । ‘क्षतिको पूर्ण विवरण आएको छैन, तर करोडौंका योजना छन्,’ प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले भने, ‘विवरण

संकलन भइरहेको छ ।’ खानेपानी आयोजनाका लागि निर्माणाधिन २ वटा पानी संकलन ट्यांकी बगाएको प्रबन्धक हिमाल शर्माले बताए ।


बगाएको स्थानमा बगर र पानी भरिएकाले तत्काल मर्मत गर्नपनि समस्या छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ डिभिजन लगायतका प्राविधिक टोलीले क्षतिको विवरण र थप क्षति रोक्ने काम थालिरहेको समितिका सचिव रामबहादुर केसीले बताए ।


बाढीकै कारण गलकोट नगरपालिका– १ दुदिलाभाटीमा सयौं रोपनी जमिनमा लगाएको बाली नष्ट भएको छ । गौंदीखोला बढेर घर र मध्यपहाडी लोकमार्गको पुल समेत जोखिममा पारेको छ । स्थानीय रामबहाुर नेपालीको निर्माणाधीन घरमा क्षति पुगेर यसअघि नै अलपत्र परेको घरमा थप क्षति भएको उनले गुनासो गरे ।


घर बगाएपछि नेपालीसहित स्थानीय धेरै घरपरिवारको बसाइमा समस्या परेको छ । ऋण खोजेर बनाउन लागेको घर बनाउने र ऋण तिर्ने समस्यामा उनी चिन्तित छन् । ‘सयौं रोपनी जमिनमा लगाएको बाली समेत नष्ट भएको छ, विवरण आईरहेको छ,’ गल्कोट नगरप्रमुख भरत शर्मा गैह्रेले भने, ‘बिचल्ली पर्न लागेकालाई पुनस्थापना र भौतिक संरचना मर्मत गर्न ठूलो बजेट लाग्नेछ ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?