२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

असिनापानीले नवलपरासीका हुरीपीडितको बिजोग 

नारायण शर्मा

नवलपरासी — हुरीले घरको छानो उडाएका देबचुलीका बासिन्दालाई बुधबार साँझको असिनापानीले बिजोग बनाएको छ । मंगलबारको हुरीले छानो उडाएर चौरमा ओतलागेका २ सय घरपरिवारलाई बुधबार साँझ परेको असिनापानीले भागाभाग बनाएको हो । असिनापानीले नजिकको घरमा ओत लागेका र सुरक्षित स्थलमा आश्रय बनाउन नपाउँदै भीषण पानीको हो ।

असिनापानीले नवलपरासीका हुरीपीडितको बिजोग 

बुधबार पनि केही घरका छानो उडाइदिएको छ ।

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष खिमानन्द भुसालले बुधबार साँझको हुरीले कम्तीमा दुई दर्जन घरका छाना उडाइदिएको बताए । ती सबै घरको खाद्यान्न, लत्ताकपडा भिजेको छ । देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले ओत लाग्ने अवस्थासमेत नभएर घर पुरै क्षति भएका परिवारलाई नगरपालिकाले २ बण्डलका दरले जस्तापाता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उनले आपतकालीन उद्धार र राहत वितरणका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको जानकारी दिए ।


हावाहुरी र असिनापानीले सुत्केरी, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । उक्त नगरपालिकाको रामबास, सिताबास, मुढाबास, बिशालटार, धारापानी र लक्ष्मीपुर क्षेत्रका जस्ताका छानो भएका सबैजसो पुराना घरको छानो उडाएको हो ।

प्रकाशित : जेष्ठ ८, २०७६ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?