अझै खुलेन संग्रहालय

मुस्ताङ — भूकम्पबाट क्षतिग्रस्त मुस्ताङ पर्या-संग्रहालय (इको-म्युजियम) अझै खुलेको छैन । ०७२ सालको भूकम्पले घरपझोङ गाउँपालिका- ३ पुथाङ विमानस्थल नजिकै रहेको भवनको जग भासिएपछि संग्रहालयका सवै ढोका खोल्न नमिल्नेगरी बन्द भएका थिए ।

अहिलेसम्म कोही भित्र गएको छैन । भूकम्प गएको चार वर्ष बित्दासम्म संग्रहालयको भित्री भागमा कुनै क्षति पु¥याए÷नपु¥याएको यकिन पनि गरिएको छैन ।


पृथक भौगोलिक बनावट, धर्म, भाषा, भेषभुषा, रहनसहन, संस्कार, संस्कृति, वनस्पति, पुरातात्विक महत्वका गुम्बा, शिला, गुफाहरू, जीवजन्तु तथा प्राचिन मानवबस्तीका अवषेशहरू संग्रहालयमा राखिएका छन ।


भूकम्पपछि बन्द भएको देखाउनयोग्य सम्पत्ति संग्रहालय पुन:सञ्चालन गर्न स्थानीय सरकार अग्रसर भएको छ । ‘हामीले १५ लाख विनियोजन गरेका छौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले १५ लाख दिएको छ,’ घरपझो¨ गाउँपालिका उपप्रमुख शर्मिला गुरुङले भनिन्, ‘संघीय र प्रदेश सरकारबाट समेत केही सहयोग जुटाएर संग्रहालयलाई थप ब्यवस्थित रूपमा सञ्चालन गर्छौं ।’ अहिले नयाँ र ब्यवस्थित संग्राहलय बनाउन डिपिआरमा जुटेको उनले बताइन् ।


संग्राहलयमा मुस्ताङ जिल्लामा पाइने धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यावरणीय र भौगर्भिक मतहत्वका वस्तुहरू संग्रहित छन् । त्यसैगरी हर्बल म्युजियम, हर्बेरियम, अध्ययनका लागि पुस्तकालय तथा बत्ती बाल्न र पूजा गर्नको लागि गुम्बा पनि स्थापना गरिएको छ ।


तिब्बती साँस्कृतिक परम्पराका बस्तुहरू, जापानी भिक्षु इकाई कावागुचीको बारेमा विस्तृत जानकारी, विभिन्न गाउँको तस्बिरहरू तथा तिनीहरूले प्रयोगमा ल्याएका भाँडाकुँडा पनि छन । २ हजार ८ सय वर्षभन्दा पुराना सेरामिक भाडाहरू र मुस्ताङ जियोलोजीका फोटो तथा शालीग्राम, चट्टानहरू सजाएर राखिएका छन् ।


रोटरी क्लव जापानले २०४९ सालमा स्थापना गरेको संग्रहालयलाई ०६६ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हुँदै स्थानिय ब्यवस्थापन समितिले रेखदेख गर्दै आएको थियो ।


संग्रहालय अवलोकन गर्न नेपालीका लागि, विद्यार्थी, सार्क मुलुकका पर्यटक र तेस्रो मुलुकका पर्यटकालागी छुट्टाछुट्टै प्रवेश शुल्क तोकिएको थियो ।


‘संग्रहालय बन्द हुँदा आम्दानीको स्रोत मात्र घटेको छैन, आफ्नो महत्वपूर्ण समय व्यवस्थापन गरी हिमालपारि घुम्न आएका विद्यार्थी तथा पर्यटकले मुस्ता¨मा विकास भएको मानव सभ्यता बुझ्ने अवसरबाट पनि वञ्चित छन्,’ स्थानीय जनहित क्याम्पस ब्यवस्थापन संकायकी छात्रा निशा थकालीले भनिन्, ‘स्थानीय सरकारको पहिलो प्राथमिकता म्युजियमको पुनर्निर्माण र पुन: सञ्चालनमा हुनुपर्छ ।’

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?