कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

स्थानीय तहले संयुक्त योजना चलाउने

नवलपुर — पूर्वी नवलपरासीको तीनवटा गाउँपालिकाले विकास निर्माणको योजना संयुक्त रूपमा संचालन गर्ने भएका छन् । पहाडी भेगमा पर्ने हुप्सेकोट, बौदीकाली र बुलिङटारको संयुक्त कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । 

हुप्सेकोट ५ को रुद्रपुरमा बसेको संयुक्त कार्यपालिका बैठकले विभिन्न ११ निर्णय गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । उनका अनुसार तीनवटै गाउँपालिकाको सिमाना निर्धारणका लागि प्राविधिकसहितको टोली गठन गर्ने निर्णय भएको छ । गापाको सिमाना यकिन नहुँदा थुप्रै विकास निर्माण र अन्य योजना सञ्चालनका लागि समस्या परेको छ ।


यसैगरी गापाले धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक वजेट विनियोजन गर्ने भएका छन् । तीन गाउँपालिकाभित्र संयुक्त रूपमा पर्यटकीय स्थल निर्माणका लागि संयुक्त योजना सञ्चालन हुनेछ ।


हुप्सेकोट र बौदीकालीले उच्च भूभागमा गुराँस र जडीबुटी संरक्षण क्षेत्रका रूपमा कार्ययोजना बनाएर संयुक्त रूपमा बजेट विनियोजन गर्ने भएका छन । यस क्षेत्रमा लोपोन्मुख घोरल संरक्षणको योजना पनि पारित भएको छ ।


प्रकाशित : जेष्ठ १, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?