१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लोकल कुखुरामा बर्डफ्लू 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पालिएका लोकल कुखुरामा बर्डफ्लू भेटिएको छ । मध्यबिन्दु नगरपालिका दुई नन्दपुरका पिताम्बर महतोले आफ्नो घरमा पालेको कुखुरामा बर्डफ्लू भेटिएको मध्यबिन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा श्यामकृष्ण तिवारीले जानकारी दिए ।

महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पन्क्षी ल्याबमा लगेका थिए । त्यहाँबाट कुखुरामा बर्डफ्लू भएको भएको पुष्टि भएको डाक्टर तिवारीले बताए । महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिएको छ ।


गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपन्छी विकास निर्देशनालय, पोखराको पशु पन्छी रोग अन्वेशण प्रयोगशाला, मध्यबिन्दु नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक टोलीको रोहवरमा कुखुरा, हाँस लगायतका पन्छी र पन्छीजन्य वस्तु नष्ट गरिएको छ ।


महतोको घरको दायाँबायँँका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरिएको छ । त्यहा आसपासका क्षेत्रमा बर्डफ्लू भए–नभएको पत्ता लगाउनका महतोको घर आसपासका जिउँदा कुखुरा तथा हाँसहरुको नमूना संकलन गरि परीक्षणका लागि पठाएको छ ।

प्रकाशित : वैशाख २६, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?