कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नवलपरासीका दुई स्थानमा शंकास्पद वस्तु  

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको पूर्वपश्चिम महेन्द्रराजमार्गलाई लक्षित गरी दुई स्थानमा शंकास्पद वस्तु राखिएको पाइएको छ । नेत्रविक्रम चन्द समूहले बिहीबार आव्हान गरेको नेपाल बन्दलाई लक्षित गरी शंकास्पद वस्तु राखिएको अनुमान प्रहरीको छ ।

नवलपरासीका दुई स्थानमा शंकास्पद वस्तु  

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । बिहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध छ ।


घटनास्थललाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ भने शंकास्पद वस्तु डिस्पोज गर्न सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।


दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।


बन्दका कारण सवारी साधन छिटफुट संचालनमा रहेको भए पनि सडकका ठाउाठाउामा शंकास्पद वस्तु फेला परे पछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ । बन्दका कारण बजार सुनसान देखिएको छ ।


बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी फक्राउ परेका थिए । महेन्द्रराजमार्गमा मोटरसाइकल बाहेक चलेका छैनन् । राजमार्गमा प्रहरीको सक्रियता बढाइएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?