१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

'रेव' पार्टीबाट ५८ पक्राउ

लालप्रसाद शर्मा

पोखरा — गाँजा, चरेसलगायत लागूऔषधसहितको एक पार्टीमा संलग्न नेपाली र विदेशी पर्यटकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १६ नेपाली र ४२ विदेशी पर्यटक छन् ।

'रेव' पार्टीबाट ५८ पक्राउ

पक्राउमध्ये २८ विदेशीलाई आइतबार राति नै छाडिएको छ । अहिले वडा प्रहरी कार्यालयको नियन्त्रणमा १६ नेपाली र १४ विदेशी छन् ।


लेकसाइडको द अफिस पव रेष्टुरेन्टमा ट्रान्सपार्टी चलिरहेको र लागूऔषधको कारोबार पनि भएको थाहा पाएपछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।


पार्टीमा केहीको साथबाट लागूऔषध बरामद गरेको र प्रहरी आएको थाहा पाएपछि केहीले बाहिर फालेका थिए । शाहले पक्राउ परेका माथि अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : चैत्र ११, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?