हतियारसहित ४ जना पक्राउ

लालप्रसाद शर्मा

पोखरा — कास्कीको रुपा गाउँपालिकाबाट ४ जना हतियार सहित पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट दुईवटा बाह्रबोर राइफल र तीनवटा भरुवा बन्दुक बरामद गरेको छ । 

पक्राउ पर्नेहरुमा रुपा गाउँपालिका–७ घर भइ हाल पोखराको शिशुवामा बस्दै आएका ५५ वर्षीय नारायणबहादुर गुरुङ, तालबेंसी बस्ने ४८ वर्षीय डिलबहादुर गुरुङ, तिलखोरियाका ४५ वर्षीय सुरेश गुरुङ र मनबहादुर थापामगर रहेका छन् ।

अवैध रुपमा हातहतियार लुकाइ राखेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

उनीहरु विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ १६:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप

रासस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ । काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ । 

प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्न आग्रह गरेका छन् । उनले आन्दोलनमा घाइते भई उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७५ १६:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT