तनहुँको घाँसीकुवामा जिप दुर्घटना, २ को मृत्यु, ३ घाइते

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्गमा अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मंगलबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तनहुँको घाँसीकुवामा जिप दुर्घटना, २ को मृत्यु, ३ घाइते

बन्दीपुर–३ रामकोट निवासी ७६ वर्षीय बुद्धिबहादुर थापा र जिप चालक व्यास–१४ केशवटारका ३५ वर्षीय विमल घर्तीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


बन्दीपुरबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जिप घाँसीकुवामा आइपुग्दा अगाडिको टायर पंचर हुँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी अन्य तीन जना यात्रु घाइते भएका छन् ।





प्रकाशित : फाल्गुन २१, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?