३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कार आरोपित  वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत नवलपरासीले सोमबार कुमाललाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली दुईस्थित जंगलमा एक युवतीलाई करणी गरेको आरोपमा बैशाख ३० गते जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा उजुरी परेको थियो । युवती स्वयंले उजुरी दिएकी थिइन् ।

घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई नवलपरासीमा कारागार नभएका कारण जिल्ला कारागार चितवन चलान गरिएको छ ।


घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै मुद्दा चलाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।


वडा अध्यक्षलाई बलात्कार आरोपमा नियन्त्रणमा लिइएको यो पहिलो घटना भएको प्रहरीको दाबि छ ।

प्रकाशित : माघ २९, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?