ठगी आरोपमा तीन भारतीय पक्राउ

स्याङ्जा — ठगी आरोपमा प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार जिल्ला सितामणी थाना रुन्नीसैदपुर गाउँ बस्ने सुरेन्द्र गुप्ता, कौशलकुमार गुप्ता र अमित गुप्ता छन् ।

ठगी आरोपमा तीन भारतीय पक्राउ

अर्जुनचौपारी गाउँपालिका ६ दरौं काउले गाउँमा केही संख्यामा आएका भारतीय नागरिकले ३/४ हजार चिठ्ठा तान्न लगाई ३/५ सय बराबरको सामान दिई ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।


ठगी गर्नेलाई शिघ्र कारबाही होस् भन्दै स्थानीयले ट्वीटरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी गरेका थिए । त्यसपछि जिल्ला प्रहरीले उनीहरुको खोजी गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।


गत माग १७ गते आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल बजारमा स्थानीय जनतालाई कपडा र स्क्रेच कार्ड बेच्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको एसपी लम्सालले बताए । एक लाख २९ हजार ६१५ नेपाली रुपैयाँ र १३ हजार ५ सय भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार विभिन्न रंगको ३२ थान कुर्था सुरुवालको कपडा, २१ थान कोट पाईन्टको कपडा, ईनामी कुपन लेखिएको स्क्रेच नगरेको कार्ड २३ थान, ईनामी कुपन लेखिएको स्क्रेच गरेको कार्ड ३८ थान र विभिन्न १६ वटा चिट्टा उपहार भएको पर्चाको ३ थानसहित पक्राउ गरी कानुनबमोजिम अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

प्रकाशित : माघ २६, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?