१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गैंडाको आक्रमणबाट मृत्यु

नारायण शर्मा

नवलपरासी — नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक बृद्वको ज्यान गएको छ । मध्यविन्दु नगरपालिका–१२ तमासपुरका ८३ वर्षीय पदमबहादुर क्षेत्रीको गैंडाकाे आक्रमणबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

भैंसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नारायणी नदी किनारमा गएका क्षेत्री अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन ।


खोजतलास गर्ने क्रममा मध्यविन्दुको करङघारी भन्ने स्थानको काँसघारीमा गैंडाले आक्रमण गरेकाे अवस्थामा क्षेत्रीको शव भेटिएको थापाले बताए ।

प्रकाशित : माघ १९, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?