कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छोरी बलात्कृत भएको भन्दै बावुले दिए प्रहरीमा उजुरी

स्याङ्जा — चपाकोट नगरपालिकाकी १४ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । चापाकोट–५ का खगेन्द्र गैह्रे (सार्की)ले उनलाई फकाईफुलाई करणी गरेको आरोपमा पीडितका आफन्तले वडा प्रहरी कार्यालय वालिङमा उजुरी दर्ता गराएका छन् ।

छोरी बलात्कृत भएको भन्दै बावुले दिए प्रहरीमा उजुरी

‘१४ वर्षीया बालिकालाई विभिन्न लोभ, लालच, प्रलोभन देखाई डर क्रासमा पारी आफ्नै घरमा लगी पटक–पटक करणी गर्दै आएको भनी पीडितका बाबुले निवेदन दिएका छन्’ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर आचार्यले भने, ‘पुस २१ गते राति १० बजेको घटना रहेछ । जाहेरी माघ २ गते परेको छ ।’


उनले जाहेरीको आधारमा दुई गते नै पीडक खगेन्द्रलाई पक्राउ गरी ३ गते जिल्ला अदालतमा जबजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको बताए । पीडकलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया

अगाडि बढाएको आचार्यले बताए ।


प्रकाशित : माघ ४, २०७५ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?