नेकपा प्रमुख सचेतकमा अधिकारी र सचेतक गुरुङ

पोखरा — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ चयन भएका छन् ।

नेकपा प्रमुख सचेतकमा अधिकारी र सचेतक गुरुङ

एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको झन्डै ९ महिनापछि प्रमुख सचेतक र सचेतकको जिम्मेवारी दिइएको हो । पार्टीको मंगलबार बेलुकी सम्पन्न संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।


अधिकारी तत्कालीन नेकपा एकालेका सचेतक थिए भने गुरुङ माओवादी केन्द्रकी सचेतक थिइन् । पार्टी एकीकरणपछि पनि लामो समयसम्म दुवै दलहको हैसियतबाट उनीहरू प्रदेशसभामा प्रस्तुत हुँदै आएका र सोही अनुसार सेवासुविधा पनि लिँदै आएका थिए ।


सोमबार सुरु प्रदेशसभाको तेस्रो अधिवेशनमा नेकपाको तर्फबाट अधिकारी मात्रै बोलेका थिए । अधिकारी र गुरुङ समानुपातिक सदस्य हुन् । प्रदेशसभामा तत्कालीन एमालेका २७ र माअ‍ोवादी केन्द्रका १२ गरी ३९ सदस्य थिए ।


उनीहरूमध्ये दुईजना सभामुख र उपसभामुख चुनिएका छन् । ३७ सदस्यीयमध्ये मंगलबारको बैठकमा ३३ जनाको उपस्थिति थियो । बैठकले संसदीय दलको उपनेता र संसदीय बोर्डको सचिव भने चयन गरेन ।

प्रकाशित : पुस २६, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?