कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दाउन्नेमा घण्टौँ जाम 

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम महेन्द्र राजमार्ग हुँदै ओहोरदोहार गर्नेहरु दाउन्नेमा घण्टौ जाममा परेका छन् । दाउन्ने खण्डमा पर्ने ध्यू खोला नजिकमा दुई वटा ट्रक ठोक्किएर सडकबाट नहटाइएका कारण उक्त खण्डमा दोहोरो आवगमन हुन नसकेको हो । 

दाउन्नेमा घण्टौँ जाम 

भारतबाट कुखुराको दाना बोकेको ट्रक ध्यू खोला नजिकको मोडमा लु १ ख ९९०९ नम्बरको ट्रकसँग जुध्दा आवगमनमा बाधा पुगेको हो ।


आइतबार राति दाउन्नेको ध्यू खोला नजिकको मोडमा ठोक्किएको गाडि नहटाइदा सडक आवगमनमा बाधा पुगेको हो । ठाउँठाउँमा सडक भत्किएर धुलाम्मे बनेको दाउन्ने सडक खण्डमा ट्रक सडकबाट नहटाइएका कारण दोहोरो यातायात सुचारु हुन नसकेको हो ।


महेन्द्रराजमार्ग हुँदै पुर्व पश्चिम हिँडेका सयौँ यात्रु उक्त खण्डमा घण्टौँ जाममा परेका छन् । सडक भत्किएको र अफ्ठ्यारो स्थानमा गाडि जुधेकाले हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बाटो अबरुद्ध रहेको ठाउमा प्रहरीलाई राखेर गाडि ओहोरदोहोर गराइएको छ ।


सडक भत्किएका कारण धुलो उडेर हिँडनै नसक्ने दाउन्ने खण्डमा दुर्घटना हुनासाथ सधैजसो घण्टौजाम हुने गरेको छ ।

प्रकाशित : मंसिर १७, २०७५ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?